यस्तो छ आज फलफूलको थोक मूल्य

हिमाल प्रेस २३ साउन २०८२ ९:१७
12
SHARES
यस्तो छ आज फलफूलको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूलका थोक मूल्यहरू सार्वजनिक गरेको छ।

समितिका अनुसार स्याउ (झोले) प्रति किलो रु २५०, स्याउ (फुजी) रु ३३०, केरा (दर्जन) रु १४०, कागती प्रति किलो रु १३०, अनार रु ४००, आँप (माल्दह, दशहरी) प्रति किलो रु २००, सुन्तला नेपाली रु ३५० कायम गरिएको छ।

यसैगरी, तरबुजा हरियो रु ८०, मौसम रु १६०, जुनार रु २४०, भुइँकटहर प्रति गोटा रु १६०, नास्पाती (लोकल) रु ७० र नास्पाती (चाइनिज) रु २५० कायम छ।

बजार समितिले फलफूलको मूल्य नियमित रूपमा समीक्षा गर्दै कृषक र उपभोक्ताबीच उचित समन्वय कायम गर्न भूमिका निर्वाह गरिरहेको बताएको छ।

प्रकाशित: २३ साउन २०८२ ९:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast