सप्तरीमा करेन्ट लागेर किसानको मृत्यु

हिमाल प्रेस २३ साउन २०८२ ८:३०
94
SHARES
सप्तरीमा करेन्ट लागेर किसानको मृत्यु

सप्तरी- आज बिहान करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका-३ कटैयामा एक व्यक्तिको ज्यान गएको छ।

स्थानीय शम्भुकुमार इसरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। करेन्ट लागेको उहाँको घटनास्थलमै ज्यान गएको छ।

उनका अनुसार ४२ वर्षीय इसरको गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा त्यहाँ रहेको नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो।

प्रकाशित: २३ साउन २०८२ ८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast