
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति पुगेको खबरप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनका अनुसार बाढीले १७ भन्दा बढी नेपाली नागरिकहरूलाई प्रभावित बनाएको खबर प्राप्त भएको छ। नेपाल सरकारले प्रभावित नेपालीहरूको उद्धारका लागि तत्काल दूतावासमार्फत सम्बन्धित पक्षहरूसँग कुटनीतिक रूपमा आवश्यक छलफलहरू गरिरहेको छ।
प्रधानमन्त्री ओलीले बाढी र पहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्। प्रधानमन्त्री ओलीले उनीहरूलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी कामना गरेका छन्।
प्रकाशित: २३ साउन २०८२ ८:०६
प्रतिक्रिया