शिक्षा विधेयक : भदौदेखि आन्दोलनमा जाने शिक्षक महासंघको निर्णय

हिमाल प्रेस २२ साउन २०८२ १७:२४
2.3k
SHARES
शिक्षा विधेयक : भदौदेखि आन्दोलनमा जाने शिक्षक महासंघको निर्णय

काठमाडौँ- नेपाल शिक्षक महासंघले आफूसँग सरकारले गरेको सहमति अनुसार नै विद्यालय शिक्षा ऐन जारी गर्ने ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाउँदै भदौदेखि आन्दोलनमा उत्रने निर्णय गरेको छ।

महासंघले यही साउन २१ गतेसम्म ऐन जारी गर्न सरकारलाई अल्टिमेटम दिएको थियो। तर सरकारले सो समयसीमासम्म ऐन ल्याउन नसकेपछि महासंघको आज बबरमहलमा बसेको बैठकले  आन्दोलनमा उत्रने निर्णय गरेको हो।

बैठकमा सहभागी शिक्षक नेताहरूले अब आन्दोलनमा जानैपर्ने निष्कर्षमा पुगेको जनाएका छन्। बैठकमा सहभागी संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टू) का महासचिव भूपाल उप्रेतीले भदौको पहिलो हप्तामा महासंघको पूर्ण बैठक बस्ने र उक्त बैठकले आन्दोलनको मिति तोक्ने जानकारी दिए।

उनले भने,‘आगामी भदौको पहिलो हप्ता महासंघको पूर्ण बैठक बस्छ। त्यसअगाडि नै आन्दोलनको मोडालिटी तय हुन्छ। त्यसबीचमा वार्ता, छलफल र पक्षीकरणका प्रयासहरू पनि गरिनेछ। तर अब आन्दोलनमा जानुपर्ने निष्कर्षमा हामी पुगिसकेका छौं।’

महासंघले यसअघि विद्यालय शिक्षा ऐनमा शिक्षकको पेसागत सुरक्षासँग सम्बन्धित बुँदाहरू समावेश गर्न माग गर्दै सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदै आएको थियो।

प्रकाशित: २२ साउन २०८२ १७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast