नेप्से परिसूचक उकालो लाग्यो, आठ अर्ब ५३ करोडको कारोबार

हिमाल प्रेस २२ साउन २०८२ १६:४८
नेप्से परिसूचक उकालो लाग्यो, आठ अर्ब ५३ करोडको कारोबार सेयर बजार

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक १८.३० अंकले उकालो लागेर दुई हजार ८५०.३७ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६१ अंकले उकालो लागेर चार सय ९० दशमलव १६ मा पुगेको छ।

कुल दुई करोड ५४ लाख तीन हजार ५४० कित्ता सेयर आठ अर्ब ५३ करोड ७५ लाख ८१ हजार २५४ रुपैयाँमा खरिदबिक्री भएको छ। नेप्सेका अनुसार सिक्लेस हाइड्रोपावर, वरुण हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, रिलायवल समृद्धि योजना र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्।

यस्तै उन्नति सहकार्य लघुवित्त, समाज लघुवित्त, सान्भी इनर्जी, मैलुङ खोला हाइड्रोपावर र नबिल डिभेन्चरमा लगानीकर्ताले गुमाएका छन्।

कारोबार भएका कुल ३१८ कम्पनीमध्ये १८७ कम्पनीको सेयर मूल्य बढेको छ। यस्तै ६२ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा अन्यको भने स्थिर छ। कारोबारका आधारमा लिवर्टी इनर्जी, शिवम् सिमेन्ट, हिमालय रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छन्। बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण ४७ खर्ब ५७ अर्ब ७६ करोड रुपैयाँ बराबर पुगेको छ।

प्रकाशित: २२ साउन २०८२ १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast