समितिबाट पारित भयो तीन आधारको शिक्षक बढुवा प्रस्ताव

हिमाल प्रेस २२ साउन २०८२ १६:३६
368
SHARES
समितिबाट पारित भयो तीन आधारको शिक्षक बढुवा प्रस्ताव

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले शिक्षकको बढुवा तीन फरक आधारमा गर्ने प्रस्ताव पारित गरेको छ।

विद्यालय शिक्षा विधेयकमाथि बिहीबार बसेको समितिको बैठकले अबदेखि शिक्षकको बढुवा आन्तरिक प्रतियोगिता, जेष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमताको मूल्यांकनको आधारमा गरिने प्रस्ताव पारित गरेको हो।

यसअघि रहेको आन्तरिक प्रतियोगिता र आवधिक (समय अनुसार स्वतः) बढुवाको सट्टामा अब मूल्यांकनलाई मुख्य मानक बनाउने सहमति समितिमा बनेको हो।

यो प्रस्ताव परामर्श उपसमितिमा सहमतिका आधारमा तयार पारिएको थियो। समितिको बैठकमा प्रस्तावमाथि छलफलपछि पारित गरिएको हो।

प्रकाशित: २२ साउन २०८२ १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast