प्रचण्ड भन्छन्- कांग्रेस र एमालेका कारण शिक्षा विधेयकमा ढिलाइ

हिमाल प्रेस २२ साउन २०८२ १६:१९
30
SHARES
प्रचण्ड भन्छन्- कांग्रेस र एमालेका कारण शिक्षा विधेयकमा ढिलाइ

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यालय शिक्षा विधेयक पारित गर्न ढिलाइ हुनुमा नेपाली कांग्रेस र नेकपा एमालेको भूमिका जिम्मेवार रहेको आरोप लगाएका छन्।बिहीबार राष्ट्रिय सभागृहमा आयोजित अनेरास्ववियु क्रान्तिकारीको शैक्षिक संवाद कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनले भने,‘विद्यालय शिक्षा विधेयक मेरो प्रधानमन्त्रित्वकालमै दर्ता भएको थियो। शिक्षकहरूसँग भएका सम्झौताहरू समेटेर विधेयक बनाउने सहमति भएको हो। तर अहिलेको सरकारको नेतृत्व गरिरहेको एमाले र अध्यक्ष केपी ओली त्यसको विपक्षमा गएकाले विधेयक अघि बढ्न सकेको छैन।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शिक्षकका मागप्रति अवज्ञा देखाएको आरोपसमेत लगाए। ‘हामी जनताको घरदैलोमा अभियान लिएर जाँदै थियौँ, शिक्षक र विद्यार्थीको पक्षमा बोल्दै थियौँ। तर उहाँ (ओली) भने शिक्षकहरूलाई गाली गर्दै ‘किन दिनुपर्‍यो यिनीहरूलाई सुविधा?’ भनेर विरोध गरिरहनुभएको थियो,’ प्रचण्डले भने।

प्रचण्डले प्रधानमन्त्री ओलीमाथि सार्वजनिक शिक्षा प्रणालीको विरोध गर्दै निजीकरणतर्फ उन्मुख भएको आरोप पनि लगाए। ‘उहाँ ढाँटछल गर्न सिपालु हुनुहुन्छ तर शिक्षामा सुधार गर्ने सोच देखिँदैन। उहाँहरू सार्वजनिक शिक्षाको पक्षमा होइन, निजीकरणको पक्षमा हुनुहुन्छ,’ उनले टिप्पणी गरे।

प्रकाशित: २२ साउन २०८२ १६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast