शिक्षा विधेयकमा विव्यस र अभिभावक संघ कायम राख्ने सहमति

हिमाल प्रेस २२ साउन २०८२ १५:३०
134
SHARES
शिक्षा विधेयकमा विव्यस र अभिभावक संघ कायम राख्ने सहमति

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकबारे पुनः छलफल सुरु भएको छ। बिहीबार बसेको बैठकमा विद्यालय व्यवस्थापन समिति (विव्यस) र अभिभावक संघ कायमै राख्ने सहमति बनेको हो।

यसअघि विधेयकमा विव्यस र अभिभावक संघ रहने प्रस्ताव गरिएको थियो। तर छलफलका क्रममा ती निकाय हटाउने संशोधन सुझाव आएपछि असहमति देखिएको थियो। पछिल्लो बैठकमा ती संस्थाहरू पुनः समावेश गर्ने सहमति बनेको समितिले जनाएको छ।

परामर्श उपसमितिले विधेयकका विभिन्न बुँदामा सहमति जुटाउँदै विव्यस र अभिभावक संघलाई कायम राख्ने निष्कर्षमा पुगेको थियो। सो उपसमितिबाट तयार पारिएको सहमति प्रतिवेदन समितिका सभापति अम्मरबहादुर थापाले आजको बैठकमा प्रस्तुत गरेका छन्।

बैठकमा सरोकारवालाबीच शिक्षाको संचालन, संरचना र स्थानीय तहको भूमिकालगायत विषयमा समेत छलफल जारी छ। समितिले शीघ्र विधेयकलाई अन्तिम रूप दिने तयारी गरिरहेको छ।

प्रकाशित: २२ साउन २०८२ १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast