शिक्षा समिति बैठकमा परामर्श उपसमितिको प्रतिवेदन प्रस्तुत, शिक्षक बढुवा विषयमा छलफल सुरु

हिमाल प्रेस २२ साउन २०८२ १५:१२
192
SHARES
शिक्षा समिति बैठकमा परामर्श उपसमितिको प्रतिवेदन प्रस्तुत, शिक्षक बढुवा विषयमा छलफल सुरु

काठमाडौँ- विद्यालय शिक्षा विधेयक,२०८० मा सहमति जुटाउन प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सिंहदरबारमा सुरु भएको छ।

बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार पारेको संशोधन प्रस्ताव समितिका सभापति अम्मरबहादुर थापाले प्रस्तुत गरेका छन्। उपसमितिले विगत केही सातादेखि विधेयकमाथि छलफल गर्दै सरोकारवाला निकायका सुझाव संकलन गरी संशोधन प्रस्ताव तयार पारेको थियो।

यसअघि, २२ असारमा नै विधेयक पारित गर्ने तयारी गरिएको थियो। तर, नेपाल शिक्षक महासंघ लगायतका शिक्षक संगठनहरूका मागमा फरक-फरक प्रस्ताव आएका कारण शिक्षामन्त्री रघुजी पन्तले सहमतिको लागि समय मागेका थिए। त्यसपछि समितिले ५ दिनको समय दिएर परामर्श उपसमिति गठन गरेको थियो।

हालको बैठकमा शिक्षकको बढुवा प्रक्रिया लगायतका विषयमा विस्तृत छलफल सुरु भएको छ। समितिका सदस्यहरू, शिक्षा मन्त्रालयका प्रतिनिधि र उपसमिति सदस्यहरूबीच केही बुँदामा सहमति जुटेको जनाइएको छ।

बैठकले आजै विधेयकलाई अन्तिम रूप दिने वा थप छलफल आवश्यक पर्ने विषयमा निर्णय लिन सक्ने बताइएको छ।

प्रकाशित: २२ साउन २०८२ १५:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast