
काठमाडौँ- विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी नगरेको भन्दै नेपाल शिक्षक महासंघले आगामी रणनीति तय गर्न बबरमहलमा बैठक जारी राखेको छ।
महासंघले यही साउन २१ गतेसम्म विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई अल्टिमेटम दिएको थियो। तर उक्त समयसीमासम्म ऐन जारी नभएकाले नयाँ रणनीति तय गर्न महासंघको बैठक बसेको हो।
बैठकमा सहभागी शिक्षक नेताहरूले विद्यालय शिक्षा ऐनको ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाउँदै अबको कदम कडा र संगठित हुने संकेत गरेका छन्। उनीहरूका अनुसार बैठकले आवश्यक परे आन्दोलनका कार्यक्रमसमेत घोषणा गर्न सक्छ।
महासंघले यसअघि पनि ऐनमा समावेश गरिनुपर्ने बुँदाहरूबारे सरकारलाई ध्यानाकर्षण गराउँदै आएको थियो।
प्रकाशित: २२ साउन २०८२ १४:४८
प्रतिक्रिया