कमल गाउँपालिकाबाट लागुऔषधसहित दुई पक्राउ

हिमाल प्रेस २२ साउन २०८२ १४:१९
10
SHARES
कमल गाउँपालिकाबाट लागुऔषधसहित दुई पक्राउ

झापा- कमल गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषधजन्य औषधीसहित दुई जनालाई दमक प्रहरीले पक्राउ गरेको छ। कमल–६ का विष्णुप्रसाद बगाले र गंगाबहादुर खड्का पक्राउ परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

प्रहरीको टोलीले कमल–७ गेउरियामा फार्मेसी सञ्चालन गर्दै आएका बगालेको मंगलबारेस्थित घरबाट सात हजार १६० थान प्रतिबन्धित औषधीसहित बुधबार साँझ पक्राउ गरेको हो।

बगालेको घरमा लुकाइछिपाइ राखेको ट्रामाडोल तीन हजार थानसहित अन्य सात हजार १६० थान प्रतिबन्धित औषधी फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए।

उनका अनुसार दमकमा औषधी पसलको थोक बिक्रेता गर्दै आएका खड्का र बगालेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित: २२ साउन २०८२ १४:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast