यी जिल्लामा बाढीको जोखिम

हिमाल प्रेस २२ साउन २०८२ १०:४९
4
SHARES
यी जिल्लामा बाढीको जोखिम

काठमाडौँ- बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा बाढी आउन सक्ने सम्भावित जिल्ला र  र त्यसले जोखिम निम्त्याउन सक्ने भनी सतर्कता सूचना जारी गरेको छ।

बाढी महाशाखाका अनुसार आज बिहान मापन गर्दा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ।

यसबाहेक आज झापा, इलाम, पाँचथर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।

ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, रसुवा, मोरङ, उदयपुर, सिन्धुली, मकवानपुर, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, अछाम, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना देखिएको बाढी महाशाखाले जनाएको छ।

प्रकाशित: २२ साउन २०८२ १०:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast