कालिगण्डकी नदीमा डुबेको आशंका गरिएका आमाछोराको खोजीकार्य सुरु

हिमाल प्रेस २२ साउन २०८२ ८:१८
22
SHARES
कालिगण्डकी नदीमा डुबेको आशंका गरिएका आमाछोराको खोजीकार्य सुरु

काठमाडौँ- कालिगण्डकी नदीमा वेपत्ता भएको आशंका गरिएका आमा छोराको खोजी कार्य सुरु गरिएको छ। बुधबार रातिदेखि हराइरहेका उनीहरूको सशस्त्र प्रहरीले खोजी कार्य सुरु गरेको हो।

स्याङ्जा गल्याङ नगरपालिका ५ सेतिवेणीस्थित कालीगण्डकी नदीको किनारमा रहेको प्रतिक्षालयमा महिलाले बोक्ने झोला, चप्पल, मोबाइल र बच्चाको जुत्ता फेला परेको र मान्छे फेला नपरेपछि खोजी कार्य सुरु गरिएको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

थापाका अनुसार सामानबारे बुझ्दा कालीगण्डकी गाउँपालिका ४ विर्घा बस्ने २७ वर्षीय श्यामकला पाण्डे र उनको छोरा वर्ष ६ को अर्पित पाण्डेको रहेको खुलेको छ। सम्पर्कविहीन उनीहरू कालिगण्डकी नदीमा बेपत्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ।

थापाका अनुसार बिहीबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल नं ३० गुल्म स्याङजाबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षाफौज परिचालन गरि खोजी कार्य सुरु गरिएको हो ।

प्रकाशित: २२ साउन २०८२ ८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast