जंगली जनावरलाई लगाएको करेन्टमा मान्छे परेपछि…

हिमाल प्रेस २२ साउन २०८२ ८:०९
6
SHARES
जंगली जनावरलाई लगाएको करेन्टमा मान्छे परेपछि…

मकवानपुर- मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

मनहरी गाउँपालिका–६ जोगिताल पुछार टोल निवासी ३५ वर्षीय लालबहादुर मोक्तानको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जोगितालस्थित आफ्नै खेतमा जंगली जनावरबाट बाली जोगाउन बनाइएको करेन्टयुक्त तारमा छुँदा मोक्तानको घटनास्थलमै मृत्यु भएको हो।

चितवन जिल्ला राप्ती नगरपालिका–१ बसोबास गर्दै आएका मोक्तानले मनहरी गाउँपालिका–६ स्थित आफ्नै खेतमा जंगली जनावरबाट बाली जोगाउनका लागि नांगो विद्युत् तारमा हुक जोडेर करेन्ट प्रवाह गराएका थिए।

खेतको निगरानीका लागि गएका उनको करेन्टमा परेर मृत्यु भएको प्रहरी चौकी सुनाचुरीले जनाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए। रासस

प्रकाशित: २२ साउन २०८२ ८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast