पोखरीमा डुबेर सात वर्षीय बालकको मृत्यु

हिमाल प्रेस २२ साउन २०८२ ८:०६
6
SHARES
पोखरीमा डुबेर सात वर्षीय बालकको मृत्यु प्रतिनिधिमूलक तस्बिर

बारा- बाराको कलैया उपमहानगरपालिका-३ गंगापुरमा पोखरीमा डुबेर सात वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका-३ गंगापुरका रामईश्वर साहका सात वर्षीय छोरा सञ्जीत साह रहेका छन्।

बुधबार घर नजिकै छठघाटका लागि बनाइएको पोखरीमा डुबेर बालकको मृत्यु भएको हो। बालक पोखरीमा डुबेको देखेपछि स्थानीयले तत्कालै उद्धार गरी अस्पताल लगेका थिए।

बालकलाई उपचारका लागि कलैयास्थित आशिर्वाद अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए। रासस

प्रकाशित: २२ साउन २०८२ ८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast