शंकर पोखरेल भन्छन् : बहुदलपछि एमालेमा ५ नेतृत्व फेरियो, माओवादीमा फेरिएन

हिमाल प्रेस २२ साउन २०८२ ७:५०
36
SHARES
शंकर पोखरेल भन्छन् : बहुदलपछि एमालेमा ५ नेतृत्व फेरियो, माओवादीमा फेरिएन नेकपा (एमाले) महासचिव शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले बहुदलपछि सबैभन्दा बढी नेतृत्व फेरिनेमा एमाले पहिलो भएको बताएका छन्।

उनले सामाजिक सन्जालमा बहुदलपछि ५ पटक नेतृत्व फेरिएको बताएका छन्। कांग्रेसमा ४ पटक र माओवादीमा नफेरिएको बताएका हुन्। उनले नेतृत्वको नामै लेखेर माओवादीप्रति कटाक्ष प्रस्तुत गरेका छन्।

एमालेमा मदन भण्डारी, मनमोहन अधिकारी, माधव कुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली अध्यक्ष बनेको पोखरेलले लेखेका छन्। कांग्रेसमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशिल कोइराला र हाल शेरबहादुर देउवा रहेको बताएका छन्।

यता माओवादीमा भने पुष्पकमल दाहाल नै नेतृत्वमा रहेको बताएका छन्। हुन त प्रचण्ड ०४४ सालदेखि नेतृत्वमा छन्।

प्रकाशित: २२ साउन २०८२ ७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast