बेपत्ता अनिलको पाँचौँ दिनमा मैनहियामा भेटियो शव

हिमाल प्रेस २१ साउन २०८२ २०:२०
बेपत्ता अनिलको पाँचौँ दिनमा मैनहियामा भेटियो शव

बुटवल- बुटवल उपमहानगरपालिका-११, न्यु दुर्गा नगरस्थित नहरमा खसेर अनिल भन्ने जुठे दमाईको पाँच दिनमा शव फेला परेको छ। न्यू दुर्गानगरबाट शुक्रबार राति साढे ८ बजे नहरपुर जाँदै गर्दा कुलोमा खसेर दमाई बेपत्ता भएका थिए।

बुधबार रुपन्देहीको शुद्धोधन गाउँपालिका-४ मैनहियामा अनिलको मृत अवस्थामा शव फेला परेको बुटवल वडा नं. ११ का जनप्रतिनिधि नहकुल शाहीले जानकारी दिए।

दुर्गानगरस्थित तिनाउ नदीबाट मोतिपुर नहरपुर क्षेत्रका लागि लगिएको नहरमा बाढी आएकाले मोटरसाइकलसहित दमाई खसेका थिए। दुई दिनअघि नहरमा अनिलले चलाएको मोटरसाइकल भेटिएको थियो।

स्थानीय जनप्रतिनिधि, स्थानीय वासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजतलासपछि पाँचौँ दिनमा बगेर बेपत्ता दमाईको शव भेटिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ साउन २०८२ २०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast