
काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ। दुवै पार्टीबीच एकताको चर्चा चलिरहेको बेला श्रेष्ठ र चन्दबीच भेटवार्ता भएको हो।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठको हात्तीवनस्थित निवासमा भएको भेटमा पार्टी एकताबारे छलफल भएको छ।
त्यस्तै भेटघाटमा समसामयिक राजनीतिक परिस्थिति, नेपालको कम्युनिष्ट तथा क्रान्तिकारी आन्दोलन, राष्ट्रियता र पार्टी एकताको सम्भावनासहित विविध विषयमा विचारविमर्श भएको थियो।
प्रकाशित: २१ साउन २०८२ १८:४४
प्रतिक्रिया