कांग्रेस–एमालेबाहेकका दलहरूको बैठक सिंहदरबारमा

हिमाल प्रेस २१ साउन २०८२ १८:०४
36
SHARES
कांग्रेस–एमालेबाहेकका दलहरूको बैठक सिंहदरबारमा

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलहरूको बैठक सिंहदरबारमा सुरू भएको छ। संसदमा प्रतिनिधित्व गर्ने कांग्रेस र एमालेबाहेकका दलहरूको बैठक सिंहदरबारमा सुरू भएको हो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक आह्वान गरेका हुन्।

ओवादी केन्द्रको संसदीय दलको कार्यालयमा जारी बैठकमा माओवादी केन्द्रका साथै रास्वपा, एकीकृत समाजवादी, जनमत पार्टी, आम जनता पार्टीलगायतका दलका नेताहरू सहभागी भएका छन्।

निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको ‘राजनीतिक दल स्वमूल्याकन कार्यविधि, २०८२’ बारे छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बैठक बोलाएको बताइएको छ।

प्रकाशित: २१ साउन २०८२ १८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast