तिलौराकोटलाई भारतले विश्व सम्पदामा पार्न दिएन : मन्त्री पाण्डे

हिमाल प्रेस २१ साउन २०८२ १६:४४
16
SHARES
तिलौराकोटलाई भारतले विश्व सम्पदामा पार्न दिएन : मन्त्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे।

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भारतले असहमति राखेका कारण ऐतिहासिक तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नसकिएको बताएका छन्।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री पाण्डेले  तिलौराकोटलगायत प्रस्तावित स्थलका सम्बन्धमा भारतले असहमति राखेका कारण प्रक्रिया जटिल भएको बताएका हुन्।’ तिलौराकोटलाई सूचीमा समावेश गराउने सरकारको प्रयास प्राविधिक कमजोरी र कूटनीतिक असहमतिका कारण सफल हुन नसकेको भनाइ उनको छ।

फ्रान्सको राजधानी पेरिसमा असार अन्तिम साता बसेको ४७ औँ विश्व सम्पदा समितिको बैठकमा कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने नेपालको प्रयास असफल भएको थियो। तिलौराकोट (प्राचीन कपिलवस्तु) प्राचीन शाक्य गणराज्य हो। मन्त्री पाण्डे उक्त बैठकमा सहभागी भएका थिए।

युनेस्कोका मुख्य प्राविधिक सल्लाहकार इकोमसले गरेको मूल्यांकनमा पहिल्यै डिफर (स्थगन) सूचीमा राख्ने प्रस्ताव गरी प्रतिवेदन बनाएका थिए। सोही प्रतिवेदनमा २१ सदस्यीय राष्ट्रयमध्ये कसैले पनि संशोधन नहालेपछि तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको प्रयास सफल हुन सकेको थिएन।

मन्त्री पाण्डेले युनेस्कोको आगामी ४८ औँ वर्ल्ड  हेरिटेज कमिटीको बैठकमा तिलौराकोटको प्रस्ताव पुनः प्रस्तुत गरिने बताए। अर्को प्रसंगमा मन्त्री पाण्डेले लुम्बिनी विकास कोषले अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गरे। मन्त्री पाण्डेले केही सुधारात्मक काम अगाडि बढेको र आगामी दिनमा योजनाहरू थप व्यवस्थित र प्रभावकारी बनाइने बताए।

बैठकमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजनाका बारेमा सरकारको नीति नहुँदा समस्या देखिएको बताए।

प्रकाशित: २१ साउन २०८२ १६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast