पाकिस्तानमा बम विस्फोट, सेनाका एक मेजरसहित तीन सुरक्षाकर्मीको मृत्यु

हिमाल प्रेस २१ साउन २०८२ १५:५८
10
SHARES
पाकिस्तानमा बम विस्फोट, सेनाका एक मेजरसहित तीन सुरक्षाकर्मीको मृत्यु फाइल तस्बिर

काठमाडौँ-  पाकिस्तनको बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा भएको बम विस्फोटमा पाकिस्तान सेनाका एक मेजरसहित तीन सुरक्षाकर्मीको मृत्यु भएको छ। घटना कुर्दगाप तहसीलको कालीपसन्द खाननजिक गए राति भएको हो।

अज्ञात बन्दुकधारीहरूले उक्त स्थानमा विस्फोटक पदार्थ राखेको एक वरिष्ठ प्रशासनिक अधिकारीलाई उद्धृत गदै बीबीसीले जनाएको छ। सुरक्षाकर्मीको सवारीसाधन त्यहाँबाट गइरहेको बेला विस्फोट भएको थियो।

विस्फोटमा एक सैन्य सवारीसाधन पूर्णरूपमा क्षतिग्रसत भएको र त्यसमा सवार एक मेजरसहित दुई सैनिकको मृत्यु भएको बताइएको छ।

घटनामा तीन जना घाइते भएका छन्। पाकिस्तानी सेनाको प्रवक्ता संस्था आईएसपीआरले हालसम्म यो विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

आक्रमणको जिम्मेवारी बलुच लिबरेशन आर्मी (बीएलए) ले लिएको छ। बीएलएले यसअघि पनि सुरक्षाबलहरूविरूद्ध हिंसात्मक गतिविधिहरू गर्दै आएको छ।

प्रकाशित: २१ साउन २०८२ १५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast