एमसीसी बाध्य भएर पारित गरेको प्रचण्डको खुलासा

हिमाल प्रेस २१ साउन २०८२ १४:५४
12
SHARES
एमसीसी बाध्य भएर पारित गरेको प्रचण्डको खुलासा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग निकाय एमसीसी परियोजना (मिलेनियम च्यालेन्ज कर्पोरेसन) बाध्य भए पारित गर्नुपरेको खुलासा गरेका छन्।
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार नेता लीलामणि पोखरेलद्वारा लिखित पुस्तक ‘नेपालमा एमसीसी’ को विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उक्त जानकारी दिएका हुन्।

उनले भने, ‘तत्कालीन अवस्थामा एमसीसीसम्बन्धी सम्झौता जस्ताको तस्तै पारित हुने खतरा देखिएपछि पार्टीले व्याख्यात्मक टिप्पणीसहित आवश्यक पर्दा आन्दोलन गर्ने बाटो राखेर पारित गर्न बाध्य भएको हो।’

एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गहिरो अध्ययन र बहस गरेको र अन्तिममा उचित निकास निकालेको दाबी प्रचण्डको छ।

नेकपा कालमा आफूले नेतृत्व गरेर एमसीसीबारे के गर्ने भनेर कार्यदल गठन गरिएको र कार्यदलले अनुमोदन गर्न हुँदैन भन्ने निष्कर्षसहित प्रतिवेदन दिएको स्मरण पनि प्रचण्डले गरे।
प्रचण्डले एमसीसीमा एमाले र कांग्रेस दुवैको अडान देखेपछि संशोधन सम्भव नहुने निष्कर्षमा पुगेको र व्याख्यात्मक टिप्पणीमा जोड दिएको धारणा राखे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले माओवादी केन्द्रले एमसीसी र आईपीएस (इन्डोप्यासिफिक रणनीति) प्रति सबैभन्दा स्पष्ट र दृढ अडान राखेको दाबी गरे। उनले भविष्यमा कुनै ‘बदमासी’ भए त्यसविरुद्ध आन्दोलन गर्न सकिने आधारका रूपमा व्याख्यात्मक टिप्पणीलाई प्रस्तुत गरे।

प्रकाशित: २१ साउन २०८२ १४:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast