राजकुमार पुडासैनीको निर्देशनमा ‘फार अवे’ मञ्चन

हिमाल प्रेस २१ साउन २०८२ १४:००
8
SHARES
राजकुमार पुडासैनीको निर्देशनमा ‘फार अवे’ मञ्चन तस्बिर : मण्डला थिएटर

काठमाडौँ-  राजकुमार पुडासैनीको निर्देशनमा नाटक ‘फार अवे’ को मञ्चन सुरू भएको छ। नाटक थापागाउँस्थित मण्डला थिएटरमा यही साउन १९ देखि मञ्चन भइरहेकाे छ।

नाटक अंग्रेजी कथामा आधारित छ। अंग्रेजी भाषामै मञ्चन गरिएको नाटकको कथा बेलायती नाटककार केरिल चर्चिलले लेखेका हुन्। उक्त कथामा नेपाली नाट्यकर्मी रिशु राउत, रुजा राउत र अनिश बिमलीले अभिनय गरेका छन्।

नाटकले बाल मनोविज्ञान, प्रेम, आत्मालगायत विषयलाई प्रस्तुत गरेको छ। वान वल्ड थिएटरको प्रस्तुति रहेको नाटक साउन २५ सम्म हरेक दिन साँझ ५ः३० बजे मञ्चन हुनेछ।

तस्बिर : मण्डला थिएटर

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast