करेन्ट लागेर भाले गैँडाको मृत्यु

हिमाल प्रेस २१ साउन २०८२ १३:२५
12
SHARES
करेन्ट लागेर भाले गैँडाको मृत्यु फाइल तस्बिर।

चितवन- माडी नगरपालिका-२ भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडा मरेको छ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार आज बिहान ९:३० बजे गैँडा धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा भेटिएको हो।

गैँडाको खाग, खुर सुरक्षित रहेको जनाउँदै उनले कसले कुन प्रयोजनका लागि धानबारीमा विद्युतीय करेन्ट छोडेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको बताए।

प्रकाशित: २१ साउन २०८२ १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast