
काठमाडौँ- मंगलबार ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य बुधबार केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको छ। यो मूल्य मंगलबारको तुलनामा एक सय रुपैयाँ कम हो।
मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार पाँच सय रुपैयाँ पुगेको थियो। यो हालसम्मकै उच्च मूल्य हो। त्यसभन्दा अघिल्लो दिन सोमबार सुन प्रतितोला १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य भने बुधबार बढेको छ। मंगलबार प्रतितोला दुई हजार दुई सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला दुई हजार तीन सय पाँच रुपैयाँमा पुगेको छ। आज चाँदीको मूल्यमा २५ रुपैयाँले वृद्धि भएको छ।
प्रकाशित: २१ साउन २०८२ ११:४५
प्रतिक्रिया