नक्कली नोटसहित दुईजना पक्राउ

हिमाल प्रेस २१ साउन २०८२ ११:३९
8
SHARES
नक्कली नोटसहित दुईजना पक्राउ

सुनसरी- सुनसरीको कोशी गाउँपालिका-८ स्थित भीमनगर सीमावर्ती क्षेत्रबाट प्रहरीले नक्कली नेपाली नोटसहित दुईजनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको लु९२प २३८० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा नक्कली नोटसहित दुईजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र हनुमाननगर कंकालिनी–१ का २५ वर्षीय राजेश चमार रजक छन् । इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको टोलीले गए राति उनीहरूलाई नियन्त्रणमा लिएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

प्रहरीका अनुसार, मोटरसाइकलको पछाडि सवार राजेश चमारका साथबाट नेपाली एक हजार दरका ३८ थान नक्कली नोट फेला परेको हो। बरामद नक्कली नोट र उक्त मोटरसाइकलसहित दुवैजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: २१ साउन २०८२ ११:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast