
काठमाडौँ- झापामा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर गएराति महिलाको मृत्यु भएको छ।
गौरादह नगरपालिका ४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार घरनजिकै रहेको मोटरबाट खेतमा पानी लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो। घटनास्थलमै उनको मृत्यु भएको हो।
प्रकाशित: २१ साउन २०८२ ९:५०
प्रतिक्रिया