
काठमाडौँ- बाढी महाशाखाले विभिन्न जिल्लाको बाढीको पूर्वानुमान गरेको छ। बाढी महाशाखाले आज बिहान बाढी मापन गर्दा कर्णाली, महाकाली र बबई नदीको बहाब सतर्कता आसपास रहेको र कोशी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, र कन्काई नदीको बहाव सतर्कता तहभन्दा तल छ। तर बढ्ने सम्भावना छ।
आज कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको उच्च सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।
आज दाङ, बाँके, बर्दिया, जाजरकोट, डोल्पा, रुकुम-पश्चिम, सल्यान, सुर्खेत, दैलेख र आसपासका जिल्ला भई बहने ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ।
साथै आज संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, रामेछाप, सोलुखुम्बु, भोजपुर, रसुवा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, रुपन्देही, नवलपरासी(पूर्व, नवलपरासी(पश्चिम, कपिलवस्तु, खोटाङ, अछाम, बझाङ, डडेल्धुरा, डोटी, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको बाढी महाशाखाले उल्लेख गरेको छ।