बंगलादेशमा फेब्रुअरीमा चुनाव गराउने मोहम्मद युनुसको योजना

हिमाल प्रेस २१ साउन २०८२ ६:५२
8
SHARES
बंगलादेशमा फेब्रुअरीमा चुनाव गराउने मोहम्मद युनुसको योजना

बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले फेब्रुअरीमा आम चुनाव गराउने संकेत दिएका छन्। अन्तरिम सरकार प्रमुख युनुसले मंगलबार राष्ट्रलाई सम्बोधन गर्दै देशमा चुनाव गराउने मिति उल्लेख गरका बीबीसीले जनाएको छ ।

समाचार अनुसार उनले मुख्य निर्वाचन आयुक्तलाई पत्र लेखेर अर्को वर्ष रमजानअघि फेब्रुअरीमा चुनाव गराउन आग्रह गर्ने बताइएको छ ।

युनुसले बंगलादेशमा शेख हसिनाको सरकारको पतनको एक वर्ष पूरा भएको अवसरमा देशलाई सम्बोधन गरिरहेका थिए । देशव्यापी विद्यार्थी आन्दोनका कारण २०२४ अगस्ट ५ मा बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले सत्ता छोड्नुपरेको थियो ।

त्यसको एक वर्ष पूरा भएको अवसरमा हजारौँ नागरिक विभिन्न जुलूसमा सहभागी भएका छन् ।

प्रकाशित: २१ साउन २०८२ ६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast