भूपरिवेष्टित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय हो : प्रधानमन्त्री ओली

हिमाल प्रेस २० साउन २०८२ २०:०५
10
SHARES
भूपरिवेष्टित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय हो : प्रधानमन्त्री ओली

आवाजा (तुर्कमेनिस्तान)- प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय भएको बताएका छन्।

तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको ‘व्यापार तथा यातायात सम्पर्क विस्तारमार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवर्द्धन’ विषयक ‘साइड इभेन्ट’मा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग हुन विवश भएको बताए।

‘तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ—सम्पर्क सञ्जाल खोल्नु उनीहरुको कर्तव्य हो,’ उनले भने, ‘यो अनुग्रह होइन। अवरोधलाई नवप्रवर्तनमा बदलौँ, यसलाई साझा समृद्धिको इञ्जिन बनाऔँ भन्ने आह्वान हो।’ रासस

प्रकाशित: २० साउन २०८२ २०:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast