कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

हिमाल प्रेस २० साउन २०८२ १८:५१
10
SHARES
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार शुक्लाफाँटा नगरपालिका–११ स्थित पूर्वपश्चिम राजमार्गमा धनगढीबाट महेन्द्रनगर आउँदै गरेको सुप प्र ०२ ००३ प ४८६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शुक्लाफाँटा नगरपानलिका–७ पीताम्बरका ४४ वर्षीय गजेन्द्रबहादुर कुवँरको मृत्यु भएको हो।

टाउकोमा गम्भीर चोट लागेका कुवँरको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी बोहराले बताए।

प्रकाशित: २० साउन २०८२ १८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast