करिब २२ घण्टापछि खुल्याे बुटवल-पाल्पा सडक

हिमाल प्रेस २० साउन २०८२ १८:३३
10
SHARES
करिब २२ घण्टापछि खुल्याे बुटवल-पाल्पा सडक

बुटवल- अविरल वर्षाका कारण अवरुद्ध बुटवल–पाल्पा सडकखण्ड अपराह्नदेखि सञ्चालनमा आएको छ। साेमबार साँझदेखि ढुंगा सहितकाे पहिरो गएपछि सडक पूर्णरूपमा अवरुद्ध भएकाे थियाे। करिब २२ घण्टापछि बुटवल-पाल्पा सडक खुलेकाे हाे।

तिनाउ गाउँपालिका-३, शिद्धबाबा मन्दिर नजिकै र विभिन्न ठाउँमा पहिरो खस्दा सडकमा पूर्णरूपमा अवरुद्ध बनेको हाे। दिनभर लगाएर पहिराे हटाएपछि साढे ४ बजेबाट यातायात सुचारु भएकाे दाेभान प्रहरी कार्यालयले जनाएकाे छ।

पानी परेसँगै सिद्धार्थ राजमार्ग अन्तर्गतकाे याे सडक खण्ड छिनमै खुल्ने छिनमै बन्द हुँदै आएकाे छ। पानी परेसँगै ढुंगा सहितकाे पहिराे खस्ने भएकाले यात्रा गर्दा सचेत हुन प्रहरीले आग्रह गरेकाे छ।

प्रकाशित: २० साउन २०८२ १८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast