बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँ नियुक्त

हिमाल प्रेस २० साउन २०८२ १५:२०
14
SHARES
बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँ नियुक्त

हेटौँडा- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनी बागमती प्रदेशका छैटौं मुख्यमन्त्री हुन्।

प्रदेश सभामा कुल ११० सांसदमध्ये बानियाँलाई कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थन प्राप्त छ।

यसअघि कांग्रेस संसदीय दलको नेतृत्व गरेका बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि बानियाँ नयाँ नेता चयन हुँदै मुख्यमन्त्री बन्न सफल भएका हुन्।

प्रकाशित: २० साउन २०८२ १५:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast