सांसद रामहरि खतिवडा र सचिव सुरजकुमार दुरामाथि नैतिकताको प्रश्न [प्रतिवेदनको पूर्णपाठसहित]

हिमाल प्रेस २० साउन २०८२ १५:१८
18
SHARES
सांसद रामहरि खतिवडा र सचिव सुरजकुमार दुरामाथि नैतिकताको प्रश्न [प्रतिवेदनको पूर्णपाठसहित]

काठमाडौँ- नेपाली कांग्रेसका सांसद एवम् राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरजकुमार दुरामाथि नैतिकताको प्रश्न खडा भएको छ। संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सभापति खतिवडा र सचिव दुराले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ।

समितिले मंगलबार बुझाएको प्रतिवेदनमा कुलिङ अफ पिरियड (विराम अवधि) को प्रावधानमा नियतबस छेडखानी गरेको ठहर गर्दै राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको हो।

समितिका संयोजक परियारले मंगलबार सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदन बुझाउँदै समितिका संयोजक जीवन परियारले प्रतिवेदन निर्माण गर्ने क्रममा सरोकारवाला सबैसँग छलफल गरेको जानकारी दिए। आगामी दिनमा यस प्रकारका त्रुटि हुन नदिन आवश्यक सुझाव दिइएको उनले बताए।

त्यस्तै प्रतिवेदन बुझ्दै सभामुख घिमिरेले सदनले दिएको कार्यभार पूरा गरेकोमा धन्यवाद दिए। उनले समितिले दिएको प्रतिवेदनमा उल्लेख विषयलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।

प्रतिनिधिसभाले गठन गरेको छानबिन समितिमा कांग्रेसका सांसद जीवन परियार र सांसद सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य थिए।

प्रकाशित: २० साउन २०८२ १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast