
काठमाडौँ- फिल्म ‘सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक भएको छ। बाबुल गिरीको शब्द, संगीत तथा एरेञ्ज रहेको गीत अञ्जना खतिवडा र रवि ओडले गाएका छन्।
फिल्म यही शुक्रबार अर्थात् साउन २३ देखि प्रदर्शन हुँदैछ। फिल्मले नेपाली समाजमा विद्यमान गरिबी, बेरोजगारी, पारिवारिक झमेला र सरकारी उदासिनतालाई व्यङ्ग्य शैलीमा प्रस्तुत गरेको टिमको दाबी छ। यसअघि फिल्मको टिजर ट्रेलर र गीत पनि सार्वजनिक भइसकेको छ। राज बहादुर साने निर्देशित फिल्मको कथा उनीसहित प्रदीप भारद्धाजले लेखेका हुन्।
फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेका हुन्।
तुल्सी देवी फिल्म र जुनतारा फिल्मस्को सहकार्यमा निर्माण फिल्ममा सिमोस सुनुवारको प्रस्तुति छ। फिल्ममा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता निर्मातामा छन्। फिल्म बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन र दिव्य सुवेदीको छायांकनमा बनेको छ।
यस्ताे छ गीत