‘मोहर’ प्रचारमा पोखरा पुगेका पललाई केक काटेर स्वागत

हिमाल प्रेस २० साउन २०८२ १३:३४
6
SHARES
‘मोहर’ प्रचारमा पोखरा पुगेका पललाई केक काटेर स्वागत

पोखरा। फिल्म ‘मोहर’ को प्रचारका लागि पोखरामा मोहर साँझ सम्पन्न भएको छ। सोमबार साँझ पृथ्वीचोकमा भएको कार्यक्रममा मुख्य आकर्षण अभिनेता पल शाह र गायक थानेश्वर गौतमको विशेष प्रस्तुति रह्यो। साथमा अन्य कलाकारको प्रस्तुतिले माहोल निकै रमाइलो र सांगीतिक बन्यो।

फिल्म प्रचारका लागि धेरैपछि पोखरा आएका पललाई दर्शकले स्वागत गरे। स्टेजमै केक काटेर उनको स्वागत गरिएको थियो। जसले कलाकार र फिल्म दुवैप्रति पोखरेली दर्शकको माया झल्काएको थियो।

देउकी प्रथामा आधारित ‘मोहर’को कथावस्तु, प्रस्तुति र कलाकारहरूको समर्पणले नेपाली फिल्ममा नयाँ स्वाद दिने टिमको विश्वास छ।  फिल्म जनै पूर्णिमाको अवसरमा यही शुक्रबार अर्थात् साउन २३ देखि प्रदर्शन हुँदैछ।

फिल्मको कथा पश्चिम नेपालका ग्रामीण परिवेश, सामाजिक द्वन्द्व, प्रेम, सांस्कृतिक क्षेत्रलाई केन्द्रमा राखेर निर्माण गरिएको टिमको दाबी छ। फिल्ममा सांगीतिक भावनालाई जीवनकथासँग जोड्ने प्रयास गरिएको अभिनेता पल शाहले खुलाए। शाहले दर्शकलाई धन्यवाद दिँदै ‘मोहर’ आफ्नो करियरको विशेष फिल्ममध्ये एक रहेको बताए।

गायक थानेश्वर गौतमले सेन्टिमेन्टल गीत सुनाउँदा दर्शक भावुक बनेका थिए। फिल्म लोकशैली र जीवन्त बनेको भन्दै मोहरका अन्य गीतसमेत लोकभाकामा आधारित रहेको उनले बताए।

ओम प्रतीकको कथा र निर्देशन रहेको मोहरमा पलसँगै अर्जुनजंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, मिस पबीलगायत कलाकारको अभिनय छ। फिल्म मेकरको प्रस्तुतिमा बनेको फिल्मका निर्माता चुम्बनजंग शाही हुन्।

प्रकाशित: २० साउन २०८२ १३:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast