त्रुटि छानबिन विशेष समितिले बुझायो प्रतिवेदन

हिमाल प्रेस २० साउन २०८२ १३:२७
10
SHARES
त्रुटि छानबिन विशेष समितिले बुझायो प्रतिवेदन

काठमाडौँ- संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले प्रतिवेदन बुझाएको छ। समितिका संयोजक जीवन परियारले मंगलबार सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएका हुन्।

असार २३ गते संघीय निजामती सेवा विधेयकमा उल्लेख ‘कुलिङ अफ पिरियड’ (विराम अवधि) मा भएको छेडखानीको अध्ययन तथा छानबिन गर्न सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो।

समिति सदस्यमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की छन्।

प्रकाशित: २० साउन २०८२ १३:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast