शिक्षा समिति बैठकमा सरकार र शिक्षक महासंघबीचको सहमतिबारे छलफल

हिमाल प्रेस २० साउन २०८२ १३:०६
5.2k
SHARES
शिक्षा समिति बैठकमा सरकार र शिक्षक महासंघबीचको सहमतिबारे छलफल

काठमाडौँ- विद्यालय शिक्षा विधेयकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएका सहमति विषयमा छलफल भइरहेको शिक्षा, स्वास्थ्य, सूचना तथा प्रविधि समितिकी सदस्य डा. तोसिमा कार्कीले बताएकी छन्।

उनका अनुसार उक्त विधेयकको विषयमा विभिन्न पक्षसँग संवाद भइरहेको छ र विधेयकले समग्र विद्यालय क्षेत्रको गुणस्तरमा असर पार्ने भएकाले संसदको समितिमा गम्भीर तर्क, छलफल र विश्लेषण भइरहेका छन्।

‘शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच भएको सहमतिको विषयमा हामी गहिरो छलफल गरिरहेका छौँ। यसले विद्यालय शिक्षाको गुणस्तरमा दीर्घकालीन प्रभाव पार्ने भएकाले यसलाई सरलीकरण गरेर हेर्न मिल्दैन,’ डा. कार्कीले भनिन्।

शिक्षा, स्वास्थ्य, सूचना तथा प्रविधि समितिका सदस्यहरूले विधेयकबारे विज्ञ, सरोकारवाला र सरोकारयुक्त पक्षहरूसँग निरन्तर संवाद गरिरहेको जानकारी पनि उनले दिइन्।

उनले शिक्षा क्षेत्रमा सुधार र समावेशी नीतिको खाँचो औंल्याउँदै विधेयकलाई समय सान्दर्भिक र गुणस्तरीय बनाउन आवश्यक सुझावहरू समेत अघि सारिएको बताइन्।

सरकार र शिक्षक महासंघको दोहोरो चरित्रले शिक्षा विधेयकमा ढिलाइ हुँदै छ : अम्मरबहादुर थापा [अन्तरवार्ता]

सरकार शिक्षा ऐन नल्याएर शिक्षकविरुद्ध मिडियाबाजीमा उत्रियो : नानुमाया पराजुली [अन्तरवार्ता]


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast