ट्रम्पको भन्सार शुल्क बढाउने धम्की अविवेकी : भारत

हिमाल प्रेस २० साउन २०८२ १०:३१
18
SHARES
ट्रम्पको भन्सार शुल्क बढाउने धम्की अविवेकी : भारत गत फेब्रुअरीमा अमेरिकाको राष्ट्रपति निवास ह्वाइट हाउसामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेट। फाइल तस्बिर : एएफपी/रासस

काठमाडौँ- भारतले रुसबाट तेल किनेकै कारण डोनाल्ड ट्रम्पले ‘ठूलो मात्रामा’ भन्सार शुल्क बढाउने धम्की दिएको विषयलाई ‘न्यायोचित नभएको र अविवेकी’ भनेको छ।

भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता रन्धीर जैसवालले सोमबार वक्तव्य जारी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्। अमेरिका आफैँले भारतलाई विश्व ऊर्जा बजारको स्थायित्व बलियो बनाउन उक्साएको आरोप भारतीय पक्षको छ।

‘रुस-युक्रेन युद्धको सुरुतिरै अमेरिका स्वयंले भारतलाई रुसी ग्यास आयात गर्न प्रोत्साहित गरेको थियो। युद्ध सुरु भएपछि परम्परागत आपूर्ति युरोपतर्फ मोडिएका कारण भारतले रुसबाट आयात सुरु गर्‍यो’, जैसवालले भने।

भारत अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार मुलुक हो। भारतले भन्सार शुल्क लगाएका बेला अमेरिका आफैँ चाहिँ रुससँग व्यापार गरिरहेको छ। पछिल्लो वर्षमा अमेरिकाले कडाभन्दा कडा प्रतिबन्ध र भन्सारबीच पनि अनुमानित ३.५ अर्ब अमेरिकी डलर बराबरको सामान रुससँग व्यापार गरेको बीबीसीको रिपोर्टमा उल्लेख छ।

‘भारतले आफ्ना राष्ट्रिय हित र आर्थिक सुरक्षाको रक्षा गर्न सबै आवश्यक कदम चाल्नेछ’, मन्त्रालयको वक्तव्यमा उल्लेख छ, ‘भारतलाई लक्षित गर्नु अनुचित र अविवेकी कदम हो।

भारत अहिले रुसको तेल किन्ने प्रमुख देशमध्ये एक हो। सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि धेरै युरोपेली देशले व्यापार कटौती गर्दा भारत मस्कोका लागि महत्त्वपूर्ण निर्यात बजार बनेको हो।

पछिल्ला दिनमा ट्रम्पले भारतप्रति आक्रामक नीति लिएका छन्।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि भारतमाथि २५ प्रतिशतको ठूलो भन्सार शुल्क घोषणा गरेका थिए। उनले भारतमाथि लगाउने नयाँ भन्सार शुल्कको प्रतिशत खुलाएका छैनन्।

ट्रम्पले गत साता ट्रुथ सोसल मा लेख्दै भारतले युक्रेनमा रुसको युद्ध मेसिनले कति मानिस मारिरहेको छ भन्ने विषयमा चासौ नै नराखेको आरोप लगाएका थिए। सोही कारण उनले भन्सार शुल्क बढाउने चेतावनी दिएका थिए।

‘भारत हाम्रो मित्र हो, तर वर्षौँदेखि हामीले उनीहरूसँग तुलनात्मक रूपमा कम व्यापार गरेका छौँ, किनभने उनीहरूले अत्यधिक भन्सार शुल्क लगाएका छन्’, ट्रम्पले भने। भारतले रुसबाट हतियार र तेल किनिरहेकामा असन्तोष व्यक्त गर्दै ट्रम्पले भनेका थिए, ‘उनीहरू सधैँजसो सैन्य उपकरणहरू रुसबाट किनिरहेका छन्। सारा विश्व चाहन्छ रुसले युक्रेनमा मानिस मार्नु बन्द गरोस्। त्यसैले यो स्वीकार्य छैन।’

प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेसम्म भारतका तेल प्रशोधन उद्योगहरूलाई रूसी तेलको खरिद रोक्न आदेश दिएका छैनन्। भारतीय व्यापारविद् एवं ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभका प्रमुख अजय श्रीवास्तवले ट्रम्पको भारत-रुस तेल व्यापारसम्बन्धी दाबीहरू ‘धेरै हिसाबले भ्रामक’ भएको बताएका छन्।

उनले बीबीसीसँग भने, ‘यो व्यापार पारदर्शी ढंगले भइरहेको छ र अमेरिकाले यसबारे राम्रोसँग बुझेको पनि छ।’

श्रीवास्तवका अनुसार भारतले पश्चिमी प्रतिबन्धका कारण आपूर्ति अवरुद्ध हुँदा विश्व बजारमा स्थिरता ल्याउन तेल खरिद बढाएको थियो। जसले विश्वव्यापी मूल्यवृद्धि रोक्न सघाएको दाबी उनको छ।

भारतमाथि कठोर बन्दै ट्रम्प : आयात शुल्क २५ प्रतिशत, ६ पेट्रोलियम कम्पनी प्रतिबन्धित

 

ट्रम्पको धम्कीपछि पनि रुसी तेल किन्न जारी राख्ने भारतको संकेत

प्रकाशित: २० साउन २०८२ १०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast