लगातारकाे वर्षाले सिद्धबाबा क्षेत्रकाे यात्रा जाेखिमपूर्ण

हिमाल प्रेस १९ साउन २०८२ १९:०१
18
SHARES
लगातारकाे वर्षाले सिद्धबाबा क्षेत्रकाे यात्रा जाेखिमपूर्ण

बुटवल- बुटवल पाल्पा सडकमा सवारी आवजावत जाेखमपूर्ण देखिएको छ। आइतबारदेखिको निरन्तरको वर्षाका कारण बुटवल-पाल्पा सडकखण्डका विभिन्न ठाउँमा पहिराे जाने क्रम रहेकाले जाेखिम देखिएकाे हाे।

साेमबार पहिराे जाने क्रम पनि निरन्तर रहेको र पहिरो हटाउँदै सवारी चलाइएकाे नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले बताए। उनले दिउँसाे केहीबेर सडक अवरूद्ध भए पनि पहिराे हटाएपछि सञ्चालन गरिएकाे बताए। ‘जाेखिम धेरै देखिएकाे छ, वर्षात भइराखेकाले राति सडक बन्द गर्छाैँ,’ उनले भने।

सिद्धबाबा क्षेत्रमा लगातारको वर्षाका कारण स-साना पहिरो खसिरहेको छ। सिद्धबाबा क्षेत्रमा छिनमै पहिराे जाने र सडक अवरूद्ध हुने क्रम चलिरहेकाे छ। जाेखिम देखिएकाले सकभर आवतजावत नगर्न समेत आग्रह गरिएकाे छ।

प्रकाशित: १९ साउन २०८२ १९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast