यसरी हेर्न सकिन्छ कक्षा १२ को नतिजा

हिमाल प्रेस १९ साउन २०८२ १७:५२
98
SHARES
यसरी हेर्न सकिन्छ कक्षा १२ को नतिजा

काठमाडौँ- कक्षा १२ को परीक्षाफल आज साँझ सार्वजनिक हुने भएको छ। नतिजा कसरी हेर्ने भन्नेबारे परीक्षार्थी, अभिभावक र सरोकारवालाबीच चासो बढिरहेको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाफल विभिन्न माध्यमबाट थाहा पाउन सकिन्छ। बोर्डको आधिकारिक वेबसाइट result.neb.gov.np neb.gov.np मा नतिजा प्रकाशित गरिनेछ। साथै, नेपाल टेलिकमको वेबसाइट neb.ntc.net.np मार्फत पनि नतिजा हेर्न सकिनेछ।

एसएमएस सेवा प्रयोग गर्न चाहनेले NEB टाइप गरेर स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखी १६०० मा पठाउनुपर्छ। उदाहरणका लागि- NEB 12345678 भनेर टाइप गरी १६०० मा पठाउँदा नतिजा प्राप्त हुनेछ।

आईभीआर सेवा प्रयोग गर्न चाहनेले नेपाल टेलिकमको १६०१ नम्बरमा फोन गरी निर्देशनअनुसार नतिजा सुन्न सक्नेछन्। त्यसैगरी, *१६०१# डायल गरी यूएसएसडी सेवा प्रयोग गरेर पनि नतिजा हेर्न सकिन्छ।

गत २१ वैशाखदेखि सञ्चालन भएको परीक्षा देशभरिबाट ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थीले दिएका थिए।

प्रकाशित: १९ साउन २०८२ १७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast