नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर

हिमाल प्रेस १९ साउन २०८२ १४:४८
8
SHARES
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर

काठमाडौँ- टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डीकेटले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने उक्त एक्स्पोमा ‘टोयोटा मेगा अफर’ अन्तर्गत ग्राहकलाई विभिन्न आकर्षक सुविधा प्रदान गरिनेछ।

एक्स्पोमा टोयोटाका तीन लोकप्रिय मोडलहरू यारिस क्रस हाइब्रिड इलेक्ट्रिक, ल्यान्ड क्रुसर २५० लगायतका गाडीहरू प्रदर्शनीमा राखिनेछ। एक्स्पो अवधिभर टोयोटा गाडी बुक गर्ने ग्राहकले भारी छुट, टोयोटा प्ल्याटिनम कार्ड, जीवनभर निःशुल्क पिकअप तथा ड्रप सेवा लगायतका विशेष सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ।

त्यसैगरी, टोयोटाको स्टलमा आउने प्रत्येक आगन्तुकले आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। यद्यपि यी अफरहरू एक्स्पो अवधिभर गाडी बुक गर्ने ग्राहकहरूका लागि मात्र लागू हुने कम्पनीले स्पष्ट पारेको छ।

 

प्रकाशित: १९ साउन २०८२ १४:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast