
काठमाडौँ- फिल्म ‘ताराहरू’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा आन्तरिक द्वन्द्वमा अल्झिएका पात्रहरूको चरित्र प्रस्तुत गरिएको छ।
अभिनेता आशान्त शर्माको लुक्स अशान्त र मानसिक रूपमा विचलित देखिन्छ । तारामा देखिएकी अभिनेत्री मेनुका प्रधानको चरित्रले भने केही भिन्नताको आभास दिन्छ। त्यस्तै अन्य कलाकार आकाशका ताराहरूसँग मनका कुराहरू भनिरहेझैँ लाग्छ।
निर्देशक शर्माका अनुसार ‘ताराहरू’ मध्यम वर्गीय परिवारको कथामा आधारित छ। सहरको मध्यम वर्गीय परिवारको कथा फिल्ममा देखाइएको उनको भनाइ छ।
फिल्मको निर्देशन शर्मा स्वयंले गरेका हुन् । फिल्म आगामी भदौ ६ देखि प्रदर्शन हुनेछ।
फिल्ममा अन्य कलाकार कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायले अभिनय गरेका छन्। यसअघि फिल्मको दुई गीत र टिजर पनि सार्वजनिक भइसकेको छ।
गोपिनी सेढाइँ र कृष्णप्रसाद पंगेनीले निर्माता रहेको फिल्म वेज प्रालिले निर्माण गरेको हो।