![कालिमाटीमा तरकारीको मूल्य : भान्टा ३४, लौका ३७ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/08/lauka.jpg)
काठमाडौँ- कालिमाटी तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।
कालिमाटीमा आज धेरैजसो तरकारीको मूल्य बढेको छ। काउली, ब्रोकाउली, बोडीसहितका तरकारीको मूल्य बढेको हो।
कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २४, रातो आलु ४४, सुकेको भारतीय प्याज ३६, लोकल गाँजर ९५, लोकल बन्दा २२, स्थानीय काउली ९४, मुला ३३, लाम्चो भन्टा १७, डल्ले भान्टा ३४, तने बोडी ६५, मकै बोडी ६५ रुपैयाँ प्रतिकिलो छ।
करेला १९, लौका ३७, तराईको परबल ५५, घिरौँला ३५, झिँगुनी ५५, डल्ले फर्सी ४५, पाकेको फर्सी ४५, भिन्डी ४८, कन्य च्याउ १४६, डल्ले च्याउ ३७४, ब्रोकाउली १९४ रुपैयाँ प्रतिकिलो छ।
कालिमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २५, रातो आलु ४३, सुकेको भारतीय प्याज ३७, लोकल गाँजर ९८, लोकल बन्दा २०, स्थानीय काउली ७७, मुला ३३, लाम्चो भन्टा १७, डल्ले भन्टा ३३, तने बोडी ५६, मकै बोडी ६६ रुपैयाँ प्रतिकिलो थियो।
करेला १७, लौका २६, तराईको परबल ५५, घिरौँला ३७, झिँगुनी ५४, डल्ले फर्सी ४५, पाकेको फर्सी ४५, भिन्डी ५५, कन्य च्याउ १३५, डल्ले च्याउ ३७४, ब्रोकाउली १८० रुपैयाँ प्रतिकिलो थियो।