
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा फेरि महाधिवेशनलाई लिएर विवाद बढेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले अधिवेशनका लागि पर्यवेक्षक खटाउने निर्णय समझदारीका आधारमा नगरेको भन्दै महामन्त्री धवलशमशेर राणाले आपत्ति जनाएका छन्।
उनले अध्यक्षले विधान मिचेर गरिएको स्वेच्छाचारी निर्णय तथा कारवाहीहरु सच्याउनुपर्ने बताएका छन्।
उनले यी विषयमा छलफल गर्न बैठक माग गरेका हुन्। गल्ती सच्याउन आग्रह गरेका छन्। राणाले आज आइतबार पत्र पठाउँदै विधान मिचेर स्वेच्छाचारी ढंगले अघि बढ्ने गल्ती सच्याउन भनेका हुन्।
‘पार्टी एकता र पार्टी हित विपरीत विधान मिचेर स्वेच्छाचारी रूपमा पार्टी नेताहरूलाई कारबाही र निष्कासन गरिनु दुस्खद र निन्दनीय छ’, उनले भनेका छन्, ‘पार्टी विधानको व्यवस्था एवं प्रजातान्त्रिक मान्यताको पालना गर्दै ती गल्ती अनिवार्य सच्याउनु पर्दछ।’