नन्दबहादुरले गरे जनार्दनलाई विप्लवसँग तुलना

हिमाल प्रेस १९ साउन २०८२ ७:४१
46
SHARES
नन्दबहादुरले गरे जनार्दनलाई विप्लवसँग तुलना

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन ‘पासाङ’ले जनयुद्धकालीन जनार्दन शर्मा ‘प्रभाकर’ नभेटिएको टिप्पणी गरेका छन्। उनले अहिलेको प्रभाकर पहिलेको विप्लवजस्तो भएको बताएका थिए।

पार्टीको स्थायी समिति बैठकमा आफ्नो धारणा राख्दै पासाङले जनयुद्धकालीन प्रभाकरको खोजी गरेका हुन्।

पार्टीभित्र फरक देखिने नाममा भइरहेका गतिविधिप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘जनयुद्धको बेलाको प्रभाकर खोजिरहेको छु। अहिले जनयुद्धको प्रभाकर देख्न छाडेको छु। त्यो बेला पार्टीविरुद्ध लाग्नेकाविरुद्ध जाइ लाग्नु हुन्थ्यो। अहिले फरक हुँदै जानु भएको छ।’

पार्टी बैठकमा पासाङले जनार्दनको टिप्पणीलाई खारेज गरे । उनले भने, ‘तपाइँले अध्यक्षसहित अरु साथीले भनेका कुरा खारेज गरेँ भन्नु भयो । म तपाइँको यो कुरा खारेज गर्छु । पार्टीभित्र अतिवादी प्रवृत्तिले समस्या पारेको छ।

प्रकाशित: १९ साउन २०८२ ७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast