
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कुशका राजा भएको आरोप लगाएका छन्। ओलीले ज्ञानेन्द्र असली राजा नभएको दाबी गरे।
आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले ज्ञानेन्द्र शाहलाई कुसको राजाको संज्ञा दिँदै दरबार हत्याकाण्ड भएपछि कुसको राजाका रूपमा ल्याइएको बताए । वास्तविक राजतन्त्र वीरेन्द्र र दीपेन्द्रको मृत्युसँगै सकिएको उनको टिप्पणी छ ।
प्रकाशित: १९ साउन २०८२ ७:१५
प्रतिक्रिया