जिरेलको ‘जिरीसिक्रीको सुसेली’

हिमाल प्रेस १८ साउन २०८२ २०:२७
4
SHARES
जिरेलको ‘जिरीसिक्रीको सुसेली’

काठमाडौँ- कवि टेकबहादुर जिरेलद्वारा लिखित कवितासङ्ग्रह ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक गरिएको छ। पर्यटन प्रवर्द्धन मञ्चले आज (आइतबार) यहाँ आयोजना गरेको कार्यक्रममा साहित्यकार अभि सुवेदीलगायत स्रस्टाहरूले उक्त कृतिको सार्वजनिक गरे।

शिक्षण पेसाबाट निवृत्त जिरेलको कविता सङ्ग्रह पर्यटन प्रवर्द्धन मञ्चले प्रकाशन गरेको हो। यसमा प्रकृति, संस्कृति र जीवनशैलीसम्बन्धी विभिन्न ७१ कविता समावेश छन्।  जिरेलका कवितामा राष्ट्रप्रेम, माटोको सुगन्धलगायत विषय लालित्यपूर्ण रहेको सङ्ग्रहको भूमिकामा साहित्यकार सुवेदीले लेखेका छन्।

संग्रहको समीक्षा गर्दै कवि ज्योति जंगलले सरलताबाट कविता सङ्ग्रह सुरु भएको बताए।

सङ्ग्रहमा कविले प्रेमिल राष्ट्रवाद, राजनीतिक सङ्घर्ष, जिरीको ऐतिहासिक महत्व र पर्यटन प्रवर्द्धनको आवश्यकतालाई कलात्मक ढंगमा प्रस्तुत गरेको तथा जिरी खुम्तीको सौन्दर्य, माटोको आवाज र कर्मशील युवाको हुँकारका रूपमा व्यक्त भएको चर्चा गरियो।

पुस्तकका प्रकाशक लिलाराम खड्काले सङ्ग्रहलाई साहित्यिक पर्यटनको अभियानसँग जोड्न खोजिएको बताए।

कार्यक्रममा हास्यकलाकार मनोज गजुरेलले पनि पुस्तकको महत्वबारे चर्चा गरे।

प्रकाशित: १८ साउन २०८२ २०:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast