जेनेभाबाट फर्केपछि सभामुखले भने : भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्छौँ

हिमाल प्रेस १८ साउन २०८२ १८:२७
16
SHARES
जेनेभाबाट फर्केपछि सभामुखले भने : भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्छौँ

काठमाडौँ- नेपालको संसद्का तर्फबाट आउँदो भदौ महिनाको २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गरिने भएको छ।

जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा नेपालको संसद्का तर्फबाट आगामी भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गरिने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज (आइतबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालका तर्फबाट सहभागिता जनाई आइतबार स्वदेश फिर्ता भएका सभामुख घिमिरेले अन्तर व्यवस्थापिक–संघ (आईपीयू) का अध्यक्षसँग पनि आउँदो जनवरी ३० र ३१ मा एसिया प्यासिफक रिजनको जलवायुका असरहरूसँग सम्बन्धित एउटा कार्यक्रम गर्नेबारे छलफल गरेको बताए।

उनले भने, ‘जलवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसद्का तर्फबाट अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेकोबारे पनि सम्मेलनमा छलफल भएको छ। भदौको २ र ३ गते अन्तरराष्ट्रिय सम्मेलन गर्नेछौँ।’

सभामुख घिमिरे अन्तर व्यवस्थापिका संघ र संयुक्त राष्ट्रसंघद्वारा संयुक्त रूपमा आयोजित संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सहभागी हुन यही साउन ११ गते जेनेभा प्रस्थान गरेका थिए। यही साउन १४ देखि १७ गतेसम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना भएको सम्मेलनका क्रममा उनले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्यान्ड, माल्टा, इजरायल, भूटानलगायत मुलुकका सभामुखहरूसँग द्विपक्षीय भेटघाट गरेका थिए। रासस

प्रकाशित: १८ साउन २०८२ १८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast