एनएमबी बैंकद्वारा तिलोत्तमा पार्कमा वृक्षारोपण

हिमाल प्रेस १८ साउन २०८२ १७:५०
2
SHARE
एनएमबी बैंकद्वारा तिलोत्तमा पार्कमा वृक्षारोपण

काठमाडौँ– एनएमबी बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित तिलोत्तमा पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण गरिएको बैंकले जनाएको हो।

कार्यक्रमअन्तर्गत ड्र्यागन फ्रुट, अम्बा, आँप, लिची, कटहरलगायतका करिब दुई सय बिरुवा रोपिएको बैंकले जानकारी दिएको छ।

कार्यक्रमको उद्घाटन एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले गरेका थिए। उनले बैंकले वातावरणमैत्री र दिगो विकासलाई प्राथमिकता दिँदै देशभर वृक्षारोपण तथा सरसफाई अभियान सञ्चालन गरिरहेको जानकारी दिए।

तिलोत्तमा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले पार्कमा वृक्षारोपण अभियान सञ्चालन गरेकोमा एनएमबी बैंकप्रति आभार व्यक्त गरे।

त्यस्तै तिलोत्तमा पार्कका अध्यक्ष दीपक पाठकले पार्कलाई सबैका लागि आकर्षणको केन्द्र बनाउन लागिपरेको जानकारी दिँदै बैंकको सहयोग सराहनीय रहेको बताए।

हाल एनएमबी बैंकले देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ।

प्रकाशित: १८ साउन २०८२ १७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast